पर्सा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एक युवकलाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षिय सुमन पटेल रहेका छन् । पटेलले यही शुक्रवार बीरगंज नगवा बस्ने नेजामुल हक अन्सारीको नाममा दर्ता रहेको ना ५५ प ४९८६ नम्बरको रोयल ब्लु रँगको १५० सिसी पल्सर मोटरसाईकल घर आँगनमा पार्किग गरी राखेको अवस्थामा मोटरसाईकलको लक तोडी चोरी गरेको थियो । प्रहरीमा अन्सारीले मोटरसाईकल हराएको निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सिर्सिया डा्रईपोर्ट भित्र रहेको पुरानो कन्टेनर भित्र मोटरसाईकल लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । मोटरसाईकल चोरी गरेको आरोपमा पटेलमाथी थप अनुसन्धान भईरहेको डिएसपी खनालले बताए ।