लागु औषध सहित एकजना प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा जयश्वर रिमालले भने, लागु औषधको कारोवार भईरहेको प्रहरीलाई सुचना पाएको सोही सुचनाको आधारमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ घर भई हाल वडा नम्बर २ नजिकै डेरा लिई बस्दै आएको २१ व्र्षिय अजय गोले बस्ने कोठामा चेकजांच गर्दा अबैध लागु औषध डाईजेपाम ५८ एमपुल , फेनारगान ५७ एमपुल, नर्फिन ५७ एम्पुल गरी १७२ एम्पुल, नाईटा्रेभेट ८१ ट्ब्लेट , ओनारेक्श ३ बोतल , थर्माडोल २१ क्याप्सुल र नगद २९ हजार ६ सय ५० रुपैया बरामद गरिएको डिएसपी रिमालले बताउनु भयो । लागु औषध सहित प्रकाउ परेका गोलेलाई लागु औषध मृद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक रिमालले बताएका छन् ।