२०७९ बैशाख ३० गते स्थानिय तहको निर्वाेचनको लागी म्यादी प्रहरीमा भर्ना भर्ना खुलेको छ । म्यादी प्रहरीको भर्ना खुले लग्तै पर्सा जिल्लाको सदरमुकाम बीरगंजमा आवेदन दिन आउनेहरुको घुईचो लागेको दुश्य हेर्न सकिन्छ । निर्वाेचनमा नेपाल प्रहरीको सहयोगका लागी जवानसरह सुबिधा सहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आईतबार सातै प्रदेशमा म्यादी प्रहरीको लागी भर्ना आवहान गरेको हो । पर्सा जिल्लामा एक हजार आठ सय एक जना म्यादी प्रहरी मात्र भर्ना हुनेछन् । बिहान देखी जिल्ला प्रहरी कार्यालय पर्साको परिसर भित्र रहेको खेल मैदानमा म्यादी प्रहरीमा आवेदन दिनेहरुको लामो भिड रहेको थियो । पहिलो दिनमा पर्सामा ४ सय भन्दा बढी म्यादी प्रहरीको आवेदन परेको पर्सा प्रहरीले जनाएको छ । यसैगरी म्यादी प्रहरीमा आवेदन भर्नका लागी सरकारले निशुल्क फारमको उपलब्ध गराएपनि केही ब्यतिmहरुले शुल्क लिएर फारम बिक्री बितरण गरीरहेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतलाई जानकारी आएपछि प्रहरीले शुल्क लिएर म्यादी प्रहरीको फारम बिक्री गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनुसन्धान गर्दे जांदा स्टीकर र फाईलको मात्र रकम लिने गरेको आफनो कर्मचारीलाई अवगत नहुदां गल्तीले फारमको रकम लिएको स्वीकार गरेर अब देखी निशुल्क फर्मको रकम नलिने प्रहरीमा कागजपत्र गरेपछि मात्र छाडेको हो । यता प्रहरी उपरिक्षक बस्नेतले कानुन मिचेर काम गर्ने ब्यतिmलाई कारवाही हुने प्रतिक्रिया दिनुभयो । म्यादी प्रहरीमा फारम भर्नेका लागी राज्यले नि शुल्क उपलब्ध गराएको रकम तिरेर फर्म नलिन प्रहरी उपरिक्षक म्यादी प्रहरीको आवेदन दिन आएकाहरु संग आग्रह गर्नुभयो । प्रत्येक दिन म्यादी प्रहरीलाई राज्यले एक हजारको दरले भुक्तmानी गर्ने भएको छ ।