बारा जिल्ला पथलैया स्थित रहेको मधेश प्रदेश दुई टा्रफिक प्रहरी कार्यालयको मातहातमा रहेका टा्रफिक प्रहरीले दुई दिन भित्र २ लाख ६१ हजार ५ सय रुपैया संकलन गरी राजस्व दाखीला गरेको प्रदेश दुई टा्रफिक कार्यालयका प्रहरी उपरिक्षक नान्तीराज गुरुडले बताउनु भयो । होली पर्वको मध्यनजर गर्दे प्रहरी उपरिक्षक गुरुडको कमाण्डमा खटिएका टा्रफिक प्रहरीले प्रदेश नम्बर दुईमा टा्रफिक नियम बिपरीत चलाएको ४६५ सवारी साधान कारवाही , मापसे गरी ६८ सवारी साधान , अन्य कारवाहीमा परेको २६७ सवारी साधान र ४५६ वटा सवारी साधान नियन्त्रणमा लिएको र हाल ११४ वटा मात्र सवारी साधान नियन्त्रणमा रहेको प्रहरी उपरिक्षक गुरुडले भने, दुर्घटनामा परी दुई जनाको मृत्यु भएको बताउनु भयो । टा्रफिक नियमको उल्लघंन गरेका सवारी साधानहरुलाई जरीवाना तथा कारवाही समेत गरीएको एसपी गुरुडले बताउनु भएको छ । टा्रफिक नियमको पालना गर्नका लागी चालकहरु संग प्रदेश नम्बर दुई टा्रफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।