तातो पानी शरीरमा पोंिखदा एक मजदुरको उपचारको क्रममा ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरा स्थित रहेको कोहिनुर कपडा उधोगमा ज्याला मजदुरी गर्ने जीतपुर सिमरा महानगरपालिका वडा नम्बर २० इनर्वाटोल निवासी २५ वर्षिय शिवनाथ महतोको मृत्यु भएको हो । मृत्क महतो उधोगमा काम गरी रहेको अवस्थामा अचानक मेसिनको ढक्कन खुल्न गई तातोपानी पोखिन्दा शरीर र दुबै खुटा जलेको हो । शरीरमा तातोपानी खस्दा घाईते भएका शिवनाथको बीरगंज गण्डक स्थित रहेको बयोधा अस्पतालमा उपचार नभएपछि थप उृपचारको लागी .कांठमांठौ स्थित रहेको किर्तिपुर अस्पालमा रिर्फर गरीएको थियो । उपचारको क्रममा शिवनाथ महतोको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो ।