बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साबाट खटिएको प्रहरी टोलीले बिल बिजक भन्दा बढीको माल सामान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेलले बताउनु भयो । भन्सार छली अबैध तरिकाले भारतबाट नेपाल तर्फ आउंदै गरेको न्व् ज्ञछ ह्ह् ढढछढ भारतीय नम्बरको ट्रकलाई बीरगंज महानगरपालिका वडा नम्बर अर्लाै नजिकैबाट १३ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोकाको कमाण्डमा खटिएका प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढीको सामा्रगी बरामद भएको हो । सशस्त्र प्रहरीले टक्र सहित माल सामानको ५२ लाख ७५ हजार २० रुपैया मुल्याडन गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । उतm भारतीय मालवाहक ट्रक बीरगंजको आइसीपीबाट चेकजांच भई निस्कीएको बेलामा सशस्त्र प्रहरीले अर्लाेबाट नियन्त्रणमा लिएको हो ।