लागु औषध सहित भारतीय युवकलाई बारा प्रहरीले प्रकाउ गरेको छ । सिमा प्रहरी चौकी छतवा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुतm प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बटम चौक नजिकै नियमित सवारी साधान चेकजांच गर्ने क्रममा द्यच्घण्ँ(छज्ञछट भारतीय नम्बरको मोटरसाईकल चेकजांच गर्ने गर्दा भाइजरको भागमा प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम अबैध लागु औषध खैरौ हिरोईन सहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पण्डरी वडा नम्बर ३ बस्ने ३६ वर्षिय मोहमद मासुमलाई प्रकाउ गरीएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । लागु औषध सहित प्रकाउ परेका मासुमलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बताउनु भएको छ । यसैगरी बारा प्रहरी बिभिन्न मुद्धामा दोषी भई फरार भएका दुई अभियुतmलाई प्रकाउ गरेको छ । आपराधिक उपद्रव मुद्धामा फरार भएका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ बस्ने भिम थिड र लेनदेन मुद्धामा फरार भएका कलैया उपमहानगरपालिका वडा नम्बर ११ बस्ने श्रीराम पटेललाई बिशेष सुचनको आधारमा घरमा लुकी छिपी बस्दै आईरहेको अवस्थामा प्रकाउ गरीएको प्रहरी नायब उपरीक्षक राजेश थापाले भने, प्रकाउ दुबै अभियुतmलाई अदालतमा पेश गरीएको बताउनु भयो ।