सवारी दुर्घटना हुदां एक जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर स्थित रहेको सिपदी टेडी्रड नजिकै सिमराबाट जितपुर जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको कन्टेनर ट्रकले सोही दिशाबाट जाँदै गरेको ना १९ प १२७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाटार बस्ने २२ वर्षिय रामबाबु साहको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । ठक्कर दिने ट्रक र चालक बारा प्रहरीको नियन्त्रणमा रहेको छ । मृत्क साहको शव पोष्टमार्डम गर्नेका लागी कलैया अस्पतालमा पठाएको डिएसपी थापाले बताए ।