वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्व टोलीले े राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटघाट तथा छलफल गरेको छ ।
छलफलका क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले ३५ करोडभन्दा माथिको कारोबार गर्ने व्यवसायहरुको इन्टिग्रेशन सफ्टवेयरमा इन्ट्री गरे पछि भंसार कार्यालय, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग तीनवटै निकायमा सो सूचना प्रवाह हुने गरी सफ्टवेयर इन्टीग्रेशन गर्नुपर्ने, व्यापार व्यवसाय कारोबारको सिलसिलामा भएको त्रुटीका कारण हुने अपराधमा अन्य अपराधिक क्रियाकलाप गरेसरह थुनछेक गर्ने लगायतको सजाय नगरी वित्तीय अपराध सरहको हुनुपर्ने तथा उपत्यकामा राजस्व अनुसन्धान विभागले मात्रै मालवाहक सवारी साधनलाई चेकजाँच गर्ने गरेकोमा प्रहरी लगायत अन्य कुनै पनि निकायले मालवाहक सवारी साधन चेकजाँच गर्न नपाउने गरी उपत्यका बाहेकका मुख्य व्यापारिक शहरहरुमा पनि सो किसिमको प्रावधान लागु गरिनुपर्ने बताउनु भएको थियो । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले वीउवासङ्घबाट प्रस्तुत सुझावलाई आपूmले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले राजस्व अनुसन्धान सम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिनुभयो । उद्योगी व्यवसायीहरुलाई भिसिटिएस बारे जानकारी दिलाउन मोफसलमा तालिम सञ्चालन गर्ने बताउनुभयो ।
भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष, का.स.स. सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान लगायतको उपस्थिति रहेको थियो ।