लागु औषध सहित मकवानपुर प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ घर भई हाल वडा नम्बर ५ मा डेरा लिई बस्दै आएका २६ वर्षिय सन्देश दुलाल बस्ने घरमा प्रहरीले चेकजांच गर्दा लुकाई छिपाई राखेको लागु औषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एमपुल , नुर्फिन १६ एम्पुल, गरी ५० एम्पुल सहित प्रकाउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ सडक खण्ड नजिकै हिडीरहेको ब्यतिmलाई शंकाको आधारमा शरीर खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल गरी १४ एमपुल सहित ओखलढुगां पाखरेली गाउँपालिका वडा नम्बर ४ घर भई हला हेटौडा वडा नम्बर ४ मा डेरा लिई बस्ने ३० वर्षिय गणेश प्रसाद घिमीरेलाई प्रकाउ गरीएको मकवानपुर प्रहरीले जनाएको छ ।