१५ वर्षिय वालिकालाई बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले एक ब्यतिmलाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर बिश्रामपुर बस्ने ३५ वर्षिय सन्देश महतोल कोईरी रहेका छन् । कोईरी १५ वर्षिय नावालिकालाई विवाह गर्छु प्रलोभन दिई पटक पटक जबरजस्ती करणी गरेको हो । सन्देश महतो कोईरीले बीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वा नजिकै लिएको डेरामा वालिकालाई जबरजस्ती करणी गरेपछि पिडीत वालिकाले आफन्तहरुलाई घटनाको बारेमा अवगत गराएपछि अभिभावकले सोमवार पर्सा प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि सोही जाहेरीको आधारमा कोईरीलाई प्रकाउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो । पर्सा जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी खनालले बताएका छन् ।