भन्सार छली ल्याएको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । भन्सार छली बीरगंज तर्फ आउंदै गरेको प्रहरीलाई सुचनाको आएको प्रहरी नायब उपरीक्षक खनालले भने, सुचना पाउन बितीकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको घण्टाघर नजिकैबाट ना ३ ख ४३५९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिई चेकजांच गर्दा प्रज्ञानपत्र बिना नै हार्डवेयर तथा खुदा्र मालबस्तु लोड गरेको अवस्थामा फेला परेको हो । बीरगंजबाट हार्डवेयर तथा खुदा्र सामा्रगी लोड गरी मधेश प्रदेशको राजधानी जान लागेको ट्रक सहितको मुल्यांडन ४० लाख गरी कारवाहीको लागी पथलैया राजस्व पठाएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।