उपचारको क्रममा एक ब्यतिmको ज्यान गएको छ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ तरकारी बजार नजिकै मागी खांदै हिड्ने अन्दाजी ५० वर्षिय पुरुष बेहोस भई लडेका थिए । स्थानियहरुको सहयोगमा बेहोस भई लडेका ब्यतिmको उपचारको लागी सिमरा अस्पतालमा भर्ना गराउंदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्क पुरुषको नाम र पहिचान हाल सम्म खुल्न नसकेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । मृत्क केही वर्ष देखी जितपुर एरियामा मागी खादै हिडेका थिए भने शव पोष्डमार्डम गर्नका लागी कलैया अस्पतालमा पठाएको डिएसपी थापाले जनाए ।