तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारीको अंगरक्षक मोहन मैनालीको गोली हानी हत्यामा संलग्न रहेका जनतान्त्रिक तराई मुतिm मोर्चाका सदस्य रबिन्द्र पटेललाई पर्सा प्रहरीले प्रकाउ गरेको छ । २०६५ साल असोज ३ गते पर्साका प्रमुख जिल्ला अधिकारीका अंगरक्षक मैनालीको बिहान गोली हानी हत्या भएको थियो । उतm हत्याको जिम्मा जनतान्त्रिक तराई मुतिm मोर्चाले गोईत सुमहले लिएको थियो । यसैगरी रबिन्द्र पटेलले २०५४ साल भदौ ९ गते पर्सा महुवन गाविस वडा नम्बर ३ बस्ने ४५५ वर्षिय कुचन साह कानुलाई गोली हानी हत्या गरेको थियो । भुमिगत संगठनमा आवद्ध भएका पटेलले बीरगंजमा त्रास फैलाउनका लागी सिडीओका बडीगार्ड र कानुको हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो । हत्यामा पछि फरार रहेका पटेललाई पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डकबाट प्रकाउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । प्रहरी हिरासतमा रहेका पटेल माथी कर्तब्य ज्यान मृद्दामा पर्सा जिल्ला अदालतले २०७१ साल आषाढ १७ गते दोषी ठहर गर्दे १९ वर्ष ११ महिना २द्द दिन कैद सजाय तोकीएको हो । हत्या गरेर फरार रहेका पटेल १३ वर्षपछि प्रहरीले प्रकाउ गर्ने सफल भएको छ । तत्तकालीन तराईको जिल्लाहरुमा भुमिगत संगठनहरुको त्रास रहेको थियो । हत्याको आरोपमा प्रकाउ परेका पटेललाई अदालतमा पेश गरिने प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो ।