पर्सा प्रहरीले एक करोड बीस लाख मुल्य बराबरको भन्सार छलेको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । प्रज्ञानपत्र बिना हाडवेयर तथा बिभिन्न किसिमका लताकपडा लोड गरी बीरगंजबाट कांठमाडौ तर्फ जांदै गरेको सुचना पाएको प्रहरी नायब उपरीक्षक खनालले भने, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर नजिकैबाट बीरगंजबाट काठमांडौ तर्फ जांदै गरेको ना ६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिई चेकजांच गर्दा अबैध तरिकाले भन्सार छलेर लोड गरेको हार्डवेयर , लताकपडा तथा बिभिन्न सामा्रगीहरु भेटिएपछि नियन्त्रणमा लिएको बताउनु भयो । प्रहरीले हाडवेयर कपडा सहित ट्रकको एक करोड बीस लाख मुल्यांकडन गरी राजस्वमा पठाएको हो ।