पर्सा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा तीनजनालाई प्रकाउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । बीरगंज महानगरपािलका वडा नम्बर २७ बस्ने २४ वर्षिय मुन्ना अन्सारीको प्रदेश २ , ०३, ००२ प ५९३७ नम्बरको कालो रातो होण्डा साईन मोटरसाईकल बसपार्क स्थित रहेको ग्यारेजमा पार्किग गरेको अवस्थामा मोटरसाईकलको लक तोडी भाग्ने क्रममा स्थानिय र प्रहरीको सहयोगमा प्रकाउ गरीएको हो । प्रकाउ पर्नेमा काठमांडौ महानगरपालिका वडा नम्बर १८ बस्ने कमल गिरी , चितवन वडा नम्बर १५ बस्ने निशान थापा र बीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने संदीप घिमीरे रहेका छन् । प्रकाउ परेका तीनैजनालाई चोरी मृद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान रिन्च हतौडा पनि बरामद गरेक छन् ।