बारा जिल्लाको दुई स्थानमा आगलागी हुदां सात लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । बारा सिम्रोनगढ नगरपालिका वडा नम्बर १ ढाट टोल बस्ने भोला मियां मुखियाले आफनो फुसको गोठ घरमा लामखुटे धपाउनका लागी बालेको धुपबाट अचानक आगलागी हुदां ५ वटा खसी बोका, चामल , दाल खाधान्न सामा्रगी , लताकपडा जलेर तीन लाख मुल्य बराबरको झति भएको बारा प्रहरीले अनुमान गरेको छ । आगलागी स्थानिय वासिन्दा , सशस्त्र प्रहरी, नेपाल प्रहरी र वारुण यन्त्रको सहयोगममा नियन्त्रणमा आएको हो । यसैगरी बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ३ जमुनिया बस्ने प्रसाद महतोको गोठमा आगलागी हुदां बा ७० प ४३५० नम्बरको १५० सिसि पल्सर मोटरसाईकल र एउटा साईकल लगायत खाघान्न सामाग्री जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ । तीन लाख पच्चास हजार रुपैया बराबरको सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहर नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । आगलागी स्थानिय वासिन्दा , प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको हो । बारा जिल्लाको दुई स्थानमा आगलागी हुदां माानवी झति नभएको प्रहरीले जनाए ।