बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट अबैध लागु औषध गाँजा सहित भारतीय कार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश छिन्रमस्ता बािहनी महोतरीबाट खटिएको सशस्त्र प्रहरी हवल्दार वशिष्ट पटेलको कमाण्डमा खटिएको ४ जना स्वावाड टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २० हरपंतगंज सडक नजिकै चेकपाईन्ट राखेर चेकजांच गर्दा प्रहरीलाई हेर्न बितीकै भारतीय कार छाडेर फरार भएपछि कार नियन्त्रणमा लिएर चेकजांच गर्दा लुकाई िछिपाई राखेको अवस्थामा ३० किलो १०० ग्राम अबैध लागु औषध बरामद भएको मधेश प्रदेश सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले बताउनु भयो । नम्बर खुल्न नसकेको भारतीय नम्बरको कार सहित गांजा थप कारवाहीको लागी पर्सा प्रहरीको जिम्मा लगाएको डिआईजी मगरले भन्नु भयो ।