नेकपा समाजवादी पार्टीको पर्सा जिल्लाको बहुदरामाई गाउँपालिकाको वडा नम्बर १ र ५ मा कार्यकता भेला सम्पन्न भएको छ । पार्टीका बीरगंज महानगरका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको नेता तथा कार्यकर्ता भेला कार्यक्रममा अगामी बैशाखमा हुन लागेको स्थानिय निर्वाेचनमा कसरी अगाडी बढ्ने र पार्टीलाई कसरी मजबुद बनाउने बिषयमा भेला कार्यक्रम भएको जनाईएको छ । भेला कार्यक्रममा नेकपा समाजवादीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।