अबैध लागु औषध चरेस सहित तीनजना रुसी नागरिक प्रकाउ परेका छन् । प्रकाउ परेका तीनजना रुसी महिला रहेकी छिन् । रक्सौलबाट बीरगंज तर्फ पैदल आउंदै गर्दा शंकाको आधारमा नेपाल र भारत सिमामा तैनाथ अध्यागमन बिभाग रक्सौलले चेकजांच गर्दा ६ किलो चरेस सहित प्रकाउ परेकी हुन् । भारतको राजधानी दिल्लीबाट आएकी रुसी महिला नागरिकको भिषा सकिएपछि भारतबाट नेपाल तर्फ आउनै क्रममा नै भारतको रक्सौलमा प्रकाउ गरिएको हो । प्रकाउ परेका तीनजना महिलालाई थप अनुसन्धान भईरहेको भारतीय प्रहरीले जनाएको छ ।