भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको औषधी सशस्त्र प्रहरीलाई हेर्न बितीकै भरीया फरार भएको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ घोडदाँड सीमा ईलाकामा बिओपी भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीलाई हेर्न बितीकै टाउकोमा बोकी अबैध तरिकाले नेपाल भित्रियाई रहेको औषधी छाडी भरिया फरार भएका हो । १ लाख ६६ हजार , ७ सय ५६ रुपैयाको औषधी बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यलय पठाएको १ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पो्रखेले बताउनु भयो र यसैगरी लागु औषध गाँजा बरामद गरेको छ । सशस्त्र पहरी बल नेपाल २ नम्बर छित्रमस्ता बाहिनी महोतरीबाट खटिएको स्काड टोली र सुरक्षा बेश पोखरीयाबाट खटिएको संयुतm टोलीले अबैध लागु औषध ३१ ीकलो ५०० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाए । पर्साको पटेवासुगौली गाउँपालिका वडा नम्बर २ बेलवा स्थित दुईजनाले टाउकोमा बोकेर पोखरीयात तर्फ आउंदै गरेको अवस्थामा सस्शत्र प्रहरीलाई हेर्न बितीकै गाँजा छाडेर फरार भएका छन् । बरामद भएको गाँजा थप कारवाहीको लागी ईलाका प्रही कार्यालय पोखरीयामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक पोख्रेलले बताउनु भयो ।