प्रहरीको थुनाकक्षमा चरम यातना दिई एक युवकलाई कुटपिट गरी घाईते बनाएका प्रहरी जवान अकलेश गिरीलाई पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले निलम्बन गर्नुभएको छ । बिगत केही दिन अगाडी बीरगंज सिडीओ कार्यालय नजिकै बस्ने बिजय श्रेष्ठले घंटाघर बिट प्रहरी संग बिवाद गरेका थिए । घंटाघर प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई राती नै जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । थुनाकक्ष पुगेका बिजय श्रेष्ठको पछाडि खल्तीबाट गुटखा बरामद भएपछि प्रहरी जवान गिरीले पछाडिबाट लातले हानेका थिए । घाईते श्रेष्ठको भित्र अंकको गम्भिर चोट लागेको थियोा । पिडीत श्रेष्ठ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट मुतm भएपछि आफनै घरमा गएर भित्र अंकमा चोट लागेको स्थानमा तातोपानीले सेक्ने बेलामा पानी धेरै तातो भएको हुनाले खुटामा खस्दा घाउ भएको हो । प्रहरी थुनामा चरम यातना दिएर युवकको खुटामा तातो पानी खन्याएर कृटपिपट गरेको घटना सार्वजनिक भएपछि पर्साका प्रहरी उपरीक्षक बस्नेतले अनुसन्धान थालिएका थिए । अनुसन्धान गर्दे जांदा पिडीत बिजय श्रेष्ठलाई यातना दिएको पुष्टि भएपछि प्रहरी उपरीक्षक बस्नेतले प्रहरी जवान अकलेश गिरीलाई निलम्बन गरेका हुन् । यसैगरी चरम यातनामा प्रहरी जवान लालबाबु साह र फिरोज मन्सुर निलम्बन परेको समाचार सार्वजनिक गरेपनि प्रहरी जवान साह र मन्सुरको चरम यातनामा कुनै संकलग्नता नरहेको जनाउंदै प्रहरी जवानद्धय साह र मन्सुर निलम्बन नपरेको पर्सा प्रहरीले जनाएको छ ।