कैदीहरुलाई यातना दिनेमा चर्चित भएको छ अहिले बीरगंज कारागार, बिभिन्न मुद्धामा प्रकाउ परी सजाय भोगीरहेका कैदीहरुलाई अहिले बीरगंजको कारागारमा ब्यापक चरम यातना दिईरहेको एक कैदीले नाम नछाप्ने शर्तमा परिवारजनहरुबाट सन्देश पठाएका छन् । कारागारका भाई चौकीदार दिनेश सरार्फ , नाईके बिक्की रौनियार भन्ने बिक्की अग्रवाल लगायत नाईकेहरुले चरम यातना दिनमा पछाडि नपरेको कैदीका आफन्तहरुको भनाई रहेको छ । लागु औषध मृद्धामा प्रकाउ परेका बीरगंज कारागारका नाईके बिक्की अग्रवाल भनिने उर्फ बिक्की रौनियारका समुहले कैदीहरुले घरबाट रकम मगाउनेलाई यातना नदिने र रकम नमगाएपछि चरम यातना दिने गरेको ती कैदीका आफन्तहरुले भने, रुखमा झृण्डाएर समेत कुटपीट गर्ने गरेका छन् । बीरगंजको सुधार गृहमा पटक पटक कैदीहरुलाई चरम यातना दिने गरेको बिभिन्न संञ्चार माध्यममा समाचार सम्प्रेष्ण पनि भएको हो । गृह र स्थानिय प्रशासनको टोली छानबीन गर्नका लागी पटक पटक आएपनि चौकीदार , भाई चौकीदार , नाईके र जेलका कार्यालय प्रमुखले कैदीहरको मुख बन्द गर्नका लागी दबाव दिने गरेका हुन्छन् । छानबीन टोलीको अगाडी कारागारको भण्डाफोर नहोस भने त्रासले कैदीहरुलाई एक दिन पहिला नै डर धम्की दिई मुख बन्द गर्न लगाउने गरेका हुन्छन् । लामो समय देखी बीरगंज कारागारमा नाईकेमा बस्दै आएका बिक्की रौनियार , हाल भाई चौकीदार , दिनेश सरार्फ लगायतका नाईके एवम् बीरगंज कारागारका प्रमुख कृण्ण गैरेको मिलोमतोमा सरकारले नि शुल्क उपलब्ध गराएको औषधी खर्चमा ब्यापक रकम हिनामिना गरेको खुलाशा भएको छ । नेपाल सरकारले कैदीहरुलाई उपचारको लागी निशुल्क औषधी ब्यवस्था गरेपनि सुधार गृहका कार्यालय प्रमुख कृष्ण गैरेले कैदीको लागी पठाएको रकम पनि आपनै खत्तीमा हाल्ने गरेको एक कर्मचारीको दाबी रहेको छ । यसैगरी गर्मीयामको लागी सरकारले हरेक कैदीलाई गर्मीको कपडा पठाउने तयारीमा रहेको छ । प्रत्येक कैदीलाई दुई हजार देखी पच्चसी सय रुपैय सम्म गर्मीयामको कपडा पठाउने गृहकार्य शुरु गरेको हो । सरकारले नि शुल्कमा उपलब्ध गराएको जाडो यामको न्यानो कपडा तथा शिरक र डशनामा पनि जेलर गैरे र चौकीदार , भाई चौकी दिनेश सरार्फ र नाईके बिक्की अग्रवाल लगायत नाईकेहरुको मिलोमतोमा शिरक र डशनामा भारी मात्रामा रकम हिनामिना गरेको कर्तब्य ज्यान मृद्धामा प्रकाउ परेका कैदीले दाबी गरेका छन् । सरकारले प्रत्यके कैदीहरुलाई डशन र शिरकका लागी ३५ सय रुपैया देखी ४ हजार रुपैया सम्मको दिने गरेको हुन्छ । तर चौकीदार, नाईके बिक्की रौनियार र जेलरको मिलोमतोमा प्रत्येक कैदीलाई १५ सय रुपैय दिने गरेको खुलाशा भएको छ । जलेर प्रमुख र नाईके बिक्कीको मिलोमतोमा जाडोयामको लागी सरकारले उपलब्ध गराएको डशना र शिरकको टेण्डर आवहान गरेपनि रात रात कैदीहरुलाई डशना र शिरक बितरण नगरी प्रत्येकलाई रु १५ सय रुपैया दिएका छन् । कैदीहरु सग डशना र शिरक बुझेको हस्ताक्षरण समेत गराउने गरेका छन् । सरकारको कारावाहीबाट बच्नका लागी भुमिका बाने गरेको ती कैदीले बताए । चरम यातनाको रकम भागभण्डा हुदां जेलर गैरेले प्रत्येक महिना दश लाख लिने गरेको बुझनमा आएको छ । यस सम्बन्धमा बीरगंज कारागारका कार्यालय प्रमुख कृष्ण गैरेको ९८५५०१०७७७ नम्बरमा फोन गरी संग बुझन खोज्दा मोबाईल सम्र्पक हुन सकेन् ।