सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गण ले हथियार सहित तीनजालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षिय प्रेम ठाकुर , सोही स्थान बस्ने १५ वर्षिय राहुल ठाकुर र ५५ वर्षिय रामजी ठाकुर रहेका छन् । नियमिति चेकजांच गर्न क्रममा सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ सबैठवाबाट पर्सागढी जांदै गरेको ना ५७ प ३६३८ को मोटरसाईकल रोकी चेकजांच गर्दा दुईनाले बन्दुक एक थान , कार्टिज एक थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलले बताउनु भयो । हथियार सहित प्रकाउ परेका तीनजनालाई मोटरसाईकल सहित थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो ।