बारा जिल्लाको दुई स्थानमा मोटरसाईकल दुर्घटना हुदां तीनजना घाईते भएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । बारा प्रसौनी गाउँपालिका वडा नम्बर ५ रिसभ पेटा्रेल पम्प नजिकै बीरगंजबाट कलैया तर्फ आउंदै गरेको ना ४८ प ३९५७ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिदां परवानीपुर ५ निवासी सुभाष महतो घाईते भएका छन् । घाईते महतोलाई उपचारको लागी बीरगंजको अस्पतालमा पठाएको छ भने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो । यसैगरी निजगढ नगरपालिका वडा नम्बर सिमरी जाने बाटो नजिकै निजगढबाट चपुर तर्फ जांदै गरेको ना १० प ३५९८ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जांदै गरेको ना २३ प नम्बरको मोटरसाईकलले पछाडिबाट ठक्कर दिदां ना १० प ३५९८ नम्बरका चालक रौतहट गुजरा नगरपालिका वडा नम्बर ५ बस्ने ४१ व्र्षिय महम्द हुसैन मंसुरी र ना २३ प को चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने १८ वर्षिय सुजन पुडासैनि घाईते भएका छन् । घाईते पुडासैनीको नाक र निधारमा चोट लागेको छ भने महम्दको खुटा र टाउकोमा चोट लागेको प्रहरी नायब उपरिक्षक राजेश थापाले जनाए । घाईते दुबैजनाको अवस्था समान्य रहेको छ भने मोटरसाईकल निजगढ प्रहरीको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।