सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले तीन महिनामा ६ करोड २० लाख , ४६ हजार , ५ सय २२ रुपैया राजस्व दाखिला गर्नै सफल भएको छ । पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली ल्याएको भारतीय लता कपडा हार्डवेयर ,मोर्टर पार्टस, ईलोक्ट्रोनिक्स , खाद्दान्न पदार्थ , किराना सामान लगायत तस्करीको सामान नियन्त्रणमा लिई राजस्वमा दाखिला गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तेजप्रसाख पोख्रेलले बताउनु भयो । पर्सामा आगमान भएका सशस्त्र प्रहरी बल १३ नम्बरका प्रहरी उपरीक्षक तेजप्रसाख पोख्रेलको कमाण्डमा खटिएको प्रहरी टोलीले अबैध तरिकाले ल्याएको ३२२, ३० क्यु फिट काठ बरामद गरी बन कार्यालयमा बुझाएको छ भने बलि बिजक भन्दा फरक माल सामान लोड गरेको प्रज्ञानपत्र नभएको ८ वटा ट्रक, पिकअव १ वटा , र टयाक्ट्रर १ वटा नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्वमा बुझाएको हो । माघ , फाल्गुण र चैत्र महिना गरी सशस्त्र प्रहरी बल पर्साले बिभिन्न स्थानहरुबाट चोरी पैठारी गरी ल्याएको तस्करी सामान नियन्त्रणमा लिईमा ६ करोड २० लाख, ४६ हजार ५ सय रुपैया नेपाल सरकारको राजस्वमा दाखिला गरेको हो ।