स्थानिय तहको निर्वाचनमा जनता समाजवादी पार्टीलाई बीरगंजको भाग परेको छ। सता गठबन्धनले स्थानिय तहको निर्वाचनको लागी जसपालाई बीरगंजको भागबन्डामा सहमती जुटाएको हो । जसपा पार्टीलाई बीरगंजलाई स्थानिय तहको निर्वाचनमा भागबन्डा परेपछि राजनितिक दलमा नयाँ तरंग छाएको छ । गठबन्धनको तर्फबाट जसपा पार्टीको बीरगंज मेयर पदको उम्मेदवार राजेश मान सिंह लड्ने निश्चिित भएपछि एमाले पार्टी पर्सामा भुईचाल छाएको छ । बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा सता गठबन्धन तर्फबाट राजेश मान सिंह र एमाले गठबन्धनबाट बिजय सरावगीको भिडन्त हुने छ । पांच वर्ष सम्म मेयर पदको कार्यकाल सम्हालेका सरावगीले बीरगंजको बिकाश नगरेको आरोप लागेको छ भने राजेश मान सिंह जनताहरुको माझ लोकप्रिय रहेका छन् । कोरोना भाईरसको कार्यकालमा नेता सिंहले शाहिब दरबार संस्थानको नामबाट गरीब तथा असहाय ब्यतिmहरुलाई नि शुल्क भोजन बितरण गरेका ब्यतिm हुन् । बीरगंज बिकाशको लागी अग्रसर भएर लागेका ब्यतिm पनि हुन् राजेश मान सिंह