मधेशी जनताको मतबाट जितेर अहिले मधेश बिरोधी ओलीको झोलीमा गएर मधेशी जनताको मतको अपमान गरेको पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदिप यादबले बताउनु भयो । बीरगंज महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद यादबले ।समाज र पार्टीमा कुनै योगदान नभएका व्यक्तिलाई टिकट दिलाएर जिताएकोमा पश्चाताप लागेको बताउँदै यादवले भने, व्यापारीहरुले मात्रै चिनेको र वीरगञ्जका वडाबासीले नचिन्ने व्यक्तिलाई जिताएर गल्ती गरे, त्यो गल्तीको लागि म सबैसँग माफि चाहन्छु । तर अब यस्ता गल्तीलाई दोहोरिन दिन छैन ।’ दक्षिणा नबुझाउने शिक्षकहरुको वर्षमा ३ पटक सरुवा गरेर दुःख दिने र अन्य शिक्षकहरुबाटसमेत सरावगीले पैँसा असुलेर शिक्षामा भ्रष्टाचार गरेको सांसद यादवको आरोप छ । ।वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाबाट राजेशमान सिँहलाई जिताउन आग्रह गर्दै सांसद यादवले भने, ‘राजेशमान जी मेयरमा निर्वाचित भएपछि पानी र बिजुलीमा न्युनतम शूलक मिनाहा गर्ने छौँ । यसका साथै पञ्चायती व्यवस्थादेखि बहुदलसम्म आउँदा पनि कहिलै तिर्न नपरेको सरसफाई सम्बन्धी कर हामी हटाउने छौँ ।’ नगरपालिकामा अन्य उत्पादनका स्रोतहरुको निर्माण गरी नगरबासबाट लिइने करको दरलाई घटाएर दायरा बढाउने यादवको भनाई छ । मधेश आन्दोलनताका सिँहले देखाएको सक्रियताबाट प्रभावित भएको बताउँदै राजेशमानबिना वीरगञ्जको बिकास अधुरो हुने बताए ।वर्तमान मेयर सरावगीले चितवनसहित बाहिरका व्यक्तिलाई रोजगारी दिएको बताउँदै सांसद यादवले सिँह मेयर बनेपछि वीरगञ्जबासीलाई नै रोजगारी दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । मेडिकल माफिया, तेल माफिया एवम् भ्रष्टाचारी तथा कमाउनिष्टहरुलाई परास्त गरेर समृद्धि, सुशासन एवम् पारदर्शीताका लागि एकजुट हुनुपर्ने आवश्यक्ता पनि उनले औँल्याएका छन् ।त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँहले जनताका आधारभूत आवश्यक्तालाई प्राथमिकता दिएर काम गर्ने बताए । जनताको मन, मत र विश्वासलाई कहिलै पनि कम हुन नदिएर जनताकै बिचमा रही जनताकै लागि काम गर्ने बाचा पनि सिँहले गरेका छन् ।नगरबासीको जिवनस्तर उकास्नका लागि जनता समाजवादी पार्टी ९जसपा० लाई नै जिताउनुपर्ने सिँहको आग्रह छ ।