अबैध सुन सहित बीरगंजका एक मारवाडी भारतमा प्रकाउ परेका छन् । बीरगंज महानगरपालिका आर्दशनगर बस्ने प्रकाउ सन्तोष पटवारीका सुपुत्र अनुज पटवारी भारतको पटनामा दुई किलो सुन सहित प्रकाउ परेको े पटनाका प्रहरीका एक प्रहरी अधिकृतले भने, मंगलवार बिशेष सुचनाको आधारमा पटनाका प्रहरीले सत्तोष पटवारीलाई सुन सहित प्रकाउ गरेको हो । प्रकाउ परेका अनुज पटवारी भरिया मात्र रहेको बुझनमा आएको छ । ३३ किलो सुन काण्डमा मुछिएको राजु दारुकाले अनुज पटवारीलाई भारत बिहारको राजधानी पटना सम्म सुन डिलेभरी दिनका लागी भरियाको रुपमा प्रयोग गरेको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ । राजु दारुका छोरा अंकित दारुका पनि सात किलो सुन काण्डमा बिगत ९ वर्ष पहिला बीरगंज भन्सारमा खटिएको शसस्त्र प्रहरी टोलीले प्रकाउ गरेका ब्यतिm हुन् । राजु दारुका र सन्तोष पटवारी मिल्ने सार्थी हुन भने सुन सहित प्रकाउ परेका अनुज पटवारी र अंकित दारुका बीच एक आपसमा रामा्रे सम्बन्ध रहेको बीरगंजका एक ब्यापारीले भने, सन्तोष पटवारीको अहिले आर्थिक अवस्था कमजोर रहेको छ , पटवारी परिवारको आर्थिक अवस्था कमजोर भएको कारण राजु दारुकाले अनुज पटवारीलाई उतm कार्यमा प्रयोजन गरेको आंशका उब्जिएको हो । यस सम्बन्धमा राजु दारुका संग बुझन खोज्दा सम्र्पक हुन सकेन् ा
बीरगंज नाकाबाट कसरी सुन पास भयो त ?
नेपाल र भारत संग खुल्ला सिमा नाका भएको हुनाले सुन तस्करहरुले खुल्ला सिमाको फाईदा उठाउंदै सुन तस्करी गरेका छन् । सुन सहित प्रकाउ परेका पटवारीले बीरगंजको मुख्य नाका भन्सारको बाटो प्रयोग गरी मोटरसाईकलमा सवार भई भारतको रक्सौल तर्फ गएको श्रोतको दाबी रहेको छ । रकसौलबाट भारतीय नम्बरको भाडामा गाडी लिई पटना तर्फ गएको बताएपनि पुष्टि हुन बांकी रहेको छ ।