मोटरसाईकल दुर्घटना हुदां एकजनाको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मुसरी माई मन्दिर नजिकै ना १९ प ८८९७ नम्बरको मोटरसाईकल सिमराबाट रामबन तर्फ जांदै गरेको अवस्थामा मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन्दा बीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलकपुर बस्ने ३१ वर्षिय रमेश चौलागाईको उपचारको क्रममा ज्यान गएको हो । मोटरसाईकल दुर्घटनाबाट सख्त घाईते भएका चौलागाईको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।