सत्तागठबन्धनबाट स्थानिय तहको निर्वाचनमा बीरगंजबाट उप मेयर पदमा डाक्टर सुषमा तिवारीको नाम चर्चा रहेको नेपाली कांग्रेश पर्साका एक नेताले भने, बीरगंज महानगरपालिकाको मेयर पदमा जसपाको भाग गरेपछि उप मेयरमा नेपाली कांग्रेशको भाग परेको हुनाले डाक्टर शुसमा तिवारी नाम अहिले चर्चामा रहेको ती कांग्रेशका नेताले दाबी गरेका छन्् । अहिले उप मेयर पदको लागी कांग्रेशले नाम टुगांएको छैन् तर सम्भावना भने महिला नेतृ सुश्मा तिवारीको नाम आउने बताउनु भयो । बिभिन्न समाजिक गतिविधीमा संकलन रहेकी सुश्मा तिवारी समाजको लागी कार्य गर्दै आईरहेकी छिन् । सतागठबन्धनको तर्फबाट बीरगंजको मेयर पदमा जसपाका नेता राजेश मान सिंह लड्ने भएका छन् ।