पर्सा प्रहरीले नम्बर नभएको भारतीय ट्रयाक्ट्रर नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकी नगवाका प्रहरीले रातीको बखतमा गस्ती गर्ने क्रममा नम्बर नभएको टयाक्ट्रर राती गुडिरहेको स्थानियहरुले जानकारी गराएपछि बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको चालिसेफिटे सडकखण्डमा बेवारिसे अवस्थामा उतm ट्रयाक्ट्रर फेला पारेको पर्साका प्रहरी नायब उ उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो । बेवारिसे अवस्थामा फेला परेको भारतीय ट्रयाक्ट्रर कसैले हक दाबीको लागी नआएपछि थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाएको हो । प्रहरीले बरामद गरेको ट्रयाक्ट्रको मुल्य पांच लाख मुल्यांडन गरी भन्सार पठाएको हो ।