बीरगंज महानगरपालिका निर्वतमान नगर प्रमुख बिजय सरावगी झुठो बोल्नमा नम्बर वन रहेको बीरगंजवासीहरुको आरोप रहेको छ । गत वर्षको स्थानिय तहको निर्वाचनमा मेयर पदमा बिजयी भएका सरावगी बीरगंजको बिकाशमा कसैसंग सम्झौता नगरी बिकाश गरेको केही सञ्चार माध्यममा अन्तवार्ता दिएपनि वहाँले आफनो कार्यकालमा कुनै बिकाश नगरी झुठोको खेती गर्नु भएको बीरगंज रामगढवा निवासी मुकेश पटेलले भने, देशको आर्थिक नगरी एवम् मधेश प्रदेशको एक्ल महानगरपालिकालाई पांच वर्षको अवधिमा बिकाशमा फड्को मार्नु पर्ने हो तर बिकाश भएन् । नगर क्षेत्रमा बिकाश गर्ने , समृद्ध बीरगंज बनाउने जनतालाई वचन दिएका बिजय सरावगीले पाँचवर्ष सम्म बीरगंजको बिकाश नगरी जनताहरुलाई अध्यारोमा राखेर झुठोको खेती गर्दै आएको बीरगंज महानगरपालिका वडा नम्बर २७ बस्ने रामले बताउनु भयो । बैशाख ३० गते हुने लागेको स्थानिय तहको निर्वाचमा मधेशी दल परित्याग गरी नेकपा एमालेबाट मेयर पदमा मनोनयन दर्ता गराएका बिजय सरावगी कुन अनुहार लिएर मतदान माग्न आउने हो नगवा निवासी गोपालको भनाई रहेको छ । वर्षायाममा नगवा आदर्शनगर , गहवा , रामटोल लगायत एरिया डुबान हुदां पटक पटक निवर्तमान नगर प्रमुख सरावगीलाई जानकारी गराउंदा चासो नलिएको आरोप लागेको छ । समयमा नाला ढालाको उचित ब्यवस्थापन नहुदां वर्षायाममा बीरगंज नगर क्षेत्र डुबानमा पर्दै आईरहेको छ । स्थानिय तहको निर्वाचमा बीरगंजको बिकाश गरेको भन्दै चुनाव एजेण्डा बनाएका सरावगीले सय प्रतिशत झुठ बोलीरहेको बिर्ता बस्ने हरि महर्जनको भनाई रहेको छ । ब्यापारी पृष्ठभुमिबाट राजनितिकमा आएका ब्यतिmहरुले कहिले पनि बिकाश गर्देनन् । राजनितिक पनि ब्यापार जस्तै गर्ने गर्छन माईस्थान निवासी संजय साह कानुले भन्नु भयो , राजनितिकमा नाफा घाटा हेर्न थालेपछि बिकाश हुन सक्दैन् बरु नेता र उनका आफन्तहरुको बिकाश हुने ६४ वर्षिय लालमोहन साहले भनेका छन् । नगर प्रमुख सरावगीले पनि पाँच वर्षमा सम्म बीरगंज महानगरपालिकालाई ब्यापारको अखडा बनाई नाफा घाटा गर्दा नै बीरगंज बिकाश हुन नसकेको बीरगंजवासीहरुले अनुमान गरेका छन् । यस बारेमा बिजय सरावगी संग बुझन खोज्दा सम्र्पकमा आएनन् ।