१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।
बैशाख १० गते साँझ साथिको घरमा जाने क्रममा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ निवासी १२ वर्षीय बालिकालाई अपहरण रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीका २० वर्षीय अफरोज अन्सारीले अपहरण गरेका थिए ।
अपहरणपछि एकान्त स्थानमा लगि जबरजस्ती करणी गरेर काठमाण्डौको आफ्नै कोठामा बन्धक बनाएर राखेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बालिकाका परिवारले प्रहरीले उजुरी दिएपछि बाराबाट खटिएको प्रहरीको टोलीले बालिकालाई उद्धार गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । थापाकाअनुसार फरार रहेका अन्सारीलाई बैशाख १७ गते पक्राउ गरिएको हो