हतियार सहित सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई पका्रउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतहारी जिल्ला कुस्वाहा लौखात पुर्वी चम्पारण बस्ने २३ वर्षिय पप्पु यादब र पुर्वी चम्पारण बस्ने २२ वर्षिय अखिलेश सिंह रहेका छन् । हथियार सहित पका्रउ परेका सिंह र यादब बिआर ०१ सि १२१६१ नम्बरको भारतीय मोटरसाईकलमा सवार भई नेपालको बारा सिमा्रैनगढ नगरपालिका वडा नम्बर ९ बसबरिया देखि कोचार्वा जाने सडकमा खटिएको सशस्त्र प्रहरी टोलीले सुचनाको आधारमा उतm मोटरसाईकल रोकी चेकजांच गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा दुई थान पेस्तोल सहित तीन राउण्ड गोली , १ थान म्यागेजिन बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो । अबैध हथियार भारतबाट नेपाल तर्फ आउने सुचना आएको डिआईजी मगरले भन्नु भयो, सुचना पाएको केही मिनेटमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छित्रमस्ता बाहिनीको स्कार्ड टोली र बोर्डर सिमा्रैनगढ झरोखरको संयुतm प्रहरी टोलीले हथियार सहित दुई जनालाई पका्रउ गरेको हो । प्रकाउ परेका दुबैजनालई थप कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाउने कार्य भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।