बीरगंजमहानगरपालिका वडा नम्बर १० स्थित रहेको अशोकवाटिक नजिकै रहेको दुर्गा मन्दिर पछाडि रहेको पाच्त तल्ले घरबाट हामफाल्दा एक महिलाको घटना स्थलमै ज्यान गएको छ । मृत्क हुनेमा बीरगंज १० बस्ने २९ वर्षिय सबिता अग्रवाल रहेकी छिन् । बिवाहिक जीवनमा गाभिएका सबिता अग्रवाल र उनका श्रीमान सँग दैनिक झै झगडा हुने गरेको स्थानियहरुको भनाई रहेको छ । सभ्य ब्यवहार गर्ने गरेकी २९ वर्षिय सबिता अग्रवाल पाँच तल्लेबाट किन हाम फाल्नु कि अनुसन्धानको बिषय बनेको वडा नम्बर १० बस्ने अशोकवाटिका बासिन्दाहरुले भने, घटना आफैमा रोचक छ प्रहरीले यसमा अनुसन्धान गर्नुपर्ने स्थानियहरुको मांग रहेको छ । पाँच तल्लेबाट हामफालेपछि घाईते भएको सबिता अग्रवाललाई थप उपचारको लागी नारायाणी अस्तपालमा उपचार भर्ना गर्दा चिकित्सकले सबितालाई मृत घोषणा गरेका थिए । उनको घटनस्थलमा ज्यान गएको चिकित्सकहरुले बताएका छन् । सबिताको हत्या हो कि आत्महत्या प्रहरीको अनुसन्धानबाट खुलेन बांँकी रहेको छ । प्रहरीले सबिता अग्रवालको हत्या गरेको आंशकामा उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान भईरहेको हुनाले अहिले नै घटनाको बारेमा केही भन नमिल्ने पर्सा प्रहरीको भनाई रहेको छ ।