नेपाली कांग्रेश पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय् सभापति महमद सहाबुद्धिनले यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचमा सता गबबन्घन तर्फबाट बीरगंज महानगरपालिका मेयर पदका उम्मेदवार राजेश मान सिंह र उप मेयर ईम्तियाज आलमलाई मतदान दिई बिजयी बनाउन कांग्रेशका नेताहरु एवम् आफनो कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा आयोजित नेपाली कांग्रेशको रात्रि सभालाई सम्बोधन गर्दे क्षेत्रीय् सभापति सहाबुद्धिनले प्रतिगमनलाई परास्त गर्नका सतागठबन्धन भएको बताउंदै ईमान्दरीपुर्वक कांग्रेशका कार्यकर्ताहरुले मेयर पदका उम्मेदवार सिंहलाई छाता छाप र उप मेयरमा रुख छापमा मतदान गरी भारी मतले बिजयी बनाउने सहाबुद्धिनले बताए । नेपाली कांग्रेशबाट सक्रियपुर्वक राजनितिक गरेका क्षेत्रीय् सभापति महम्मद सहाबुद्धिनले गठबन्धन तर्फबाट साक्षा उम्मेदवार राजेश मान सिंह र ईम्तियाज आलमलाई स्थानिय तहको निर्वाचनमा आफु लगायत मेरा समर्थकहरुले निर्वाचनमा सहयोग गर्ने प्रतिक्रिया दिएपछि बीरगंजको राजनितिकमा नयाँ तरंग छाएको छ । क्षेत्रीय् सभापति सहाबुद्धिनले राजनितिमा ईमान्दारिता हुनुपर्ने पार्टीको निर्णय हामी सबैले मानुपर्ने बताउंदै सतागठबन्धनलाई बिजयी बनाउनका लागी कांग्रेशका नेता तथा कार्यकर्ताहरुले कुनै कसर बाँकी नराख्ने कुरा बताउनु भएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुले सतागठबन्धनलाई केही कांग्रेशका नेताहरुले चुनावमा सहयोग नगर्ने जनाएपनि क्षेत्रीय् सभापति महमद सहाबुद्धिनले स्थानिय तहको निर्वाचनमा कांग्रेश ईमान्दारीको साथ गबन्धनलाई सहयोग गरी मेयरमा छाता छाप र उप मेयरमा रुख छापमा मतदान दिई बिजयी बनाई गठबन्धन तर्फ कांग्रेश ईमान्दार छ भने प्रमाणित गरेर देखाउने बताउनु भयो ।