पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट अबैध तरिकाले भन्सार छली ल्याएको सामाग्री बरामद गरी सशस्त्र प्रहरी थप कारवाहीको लागी बीरगज भन्सार पठाएको छ । पर्साबो बिन्दवासिनी गाउँपालिका वडा न ५ प्रसौनी एरियामा बिओपी प्रसौनीभाटाबाट खटिएको सशस्त्र प्रहरीले नियमित गस्ती गर्ने क्रममा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउने क्रममा सशस्त्र प्रहरीलाई हेर्न बितीक गरेको किराना सामान छाडी भरिया फरार भएको हो । बरामद भएको किराना सामानको ११ हजार ५०० मुल्यांकन गरी कारवाहीको लागी भन्सार पठाएको छ भने मधेश प्रदेश सशस्त्र प्रहरी बल नेपाल २ छिन्रमस्ता बाहिनी महोतरीबाट खटिएको प्रहरी टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सहपुर स्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको ६० गोटा बोईलर कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ । मधेश प्रदेशबाट खटिएको सशस्त्र प्रहरी र बिओपी भिखमपुरबाट संयुतm रुमा खटिएको सशस्त्र प्रहरी टोलीले गस्ती गर्ने क्रममा कुखुरा तस्करले पहरीलाई हेर्न बितीकै १०० केजी कुखुरा छाडी फरार भएका छन् यसैगरी बरिगंज महानगरपालिका वडा नम्बर १६ स्थित बिओपाी भन्सारबाट खटिएको सशस्त्र प्रहरीले सयपत्री फुल बरामद गरेको छ । भन्सार छली चोरीबाटो ल्याउंदै गर्दा नियमित चेकजांचमा खटिएको सशस्त्र प्रहरीलाई हेर्न बितीकै सयपत्री फुल छाडी तस्कर फरार भएका छन् । बरामद गरिएको सयपत्रि फुलको १० हजार १ सय ५० रुपैया मुल्यांकन गरी थप कारवाहीको लागी भन्सार पठाएको सशस्त्र प्रहरी नेपाल पर्सा १३ नम्बर गणले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।