मंगलवार रात्रि १२ बजे देखी सिमानाका बन्द हुने एवम् मदिरा बिक्री बितरणमा बन्देज लगाएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनु भयो । स्थानित तहको निर्वाचतलाई लक्षित गर्दै शान्ति सुरक्षाको मध्यनजर राख्दै पर्सा जिल्लामा मंगलवार राती १२ बजे देखी मदिरा ओसार पोसार , बिक्री बितरण , सेवनमा रोक लगाएको छ भने ४८ घण्टा सिमानाका बन्द हुने निर्णय भएको हो । मतदान सम्पन्न नभएसम्म मदिरा सेवनमा रोक , ओसार पोसार तथा बिक्री बितरणमा रोक लगाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने, प्रशासनको नियमलाई उल्लघंन गरेको अवस्थामा भेटियो भने कडा भन्दा कडा कानुनी कारवाही हुने जनाईएको छ । सोमवार बसेको सुरक्षा समितीको बैठकले उतm निर्णय गरेको हो । स्थानिय तहको निर्वाचन सम्पन्न नभएसम्म सवारी साधन आवत जावतमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भन्नु भयो, निर्वाचनको अवधि सम्म दमकल , एम्बुलेन्स, बिघृत , खानेपानी, लगायत अति आवश्यक साधान बाहेक जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेक अन्य सवारी साधानमा रोक लगाएको निर्णय भएको छ भने निर्वाचन परिसर भित्र क्यामरा मोबाईल प्रतिबन्ध गरेको पर्साका सहायक सिडीओ पौडे