वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा।सुबोध कुमार गुप्ताले वीरगंजको माईस्थानमा अन्नपूर्णा बेकरी स्वीट्सको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले यस अन्नपूर्णा स्वीट्सबाट बिभिन्न व्यक्तिहरु लाभान्वित हुने बताउनु भयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मिठाई बनाउनु एउटा कला भएको हुँदा यो सबै संग सम्भव नहुने बताउनु भयो ।
अन्नपूर्णा स्वीट्सका संचालक महेन्द्र साह तेलीले ग्राहकहरुकै चाहना अनुसार सस्तो तथा सुविधा सम्पन्न स्वीट्स तथा बेकरी संचालनमा ल्याइएको बताउनु भयो । करिब ५० लाख रुपैयाको लगानीमा संचालन गरिएको स्वीट्स तथा बेकरी एसी सहितको केविन, सिगंल, डब्बल तथा फैमली टेवलहरुको समेत व्यवस्था रहेको अन्नपूर्णा बेकरी स्वीट्सका निर्देशक महेन्द्र साह तेलीले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।