बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको नगवाका स्थानिय वासिन्दाहरुले निर्वतमान मेयर सरावगी बिरुद्ध नाराबाजी लगाउंदै प्रर्दशन गरेका छन् । मेयर सरावगी बिरुद्ध नगवावासीहरुले प्रर्दशन गरेको राती १० बजेर २५ मिनेटमा े पर्सेली सञ्चारकर्मीहरुलाई जानकारी भएपछि घटनास्थलमा पुगेर दुश्य हेर्दा हिन्दी चलचित्र भन्दा कम थिएन् । ब्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भई बिजय सरावगी लुकेको घरमा सुरक्षा प्रदान गरेका थिए । यता नगवका वासिन्दाहरुले सरावगी बिरुद्ध चर्काे नाराबाजी प्रर्दशन गरेका थिए । प्रर्दशनमा निर्वतमान मेयर सरावगीले रकमी चलखेलका आधारमा भोट प्रभावित गर्न मध्यराती बीरगंज महानगरपालिका नगवा १६ निवासी कांग्रेशका नेता बिनोद चौरसियाको घरमा पुगेकाले स्थानिय वासिन्दाहरु आका्रेशित भएका थिए । आका्रेशित जनताहरुले मेयर पदमा रहंदा सरावगीले बीरगंजको बिकाश नगरेको , े रकमको बलमा भोट खरीद गर्न खोजेको भन्दै बिजय सरावगी बिरुद्ध मुर्दावाद नारा समेत लगाएका छन् । कांग्रेशका नेता बिनोद चौरसियाको घरमा तीन घण्टा सम्म लुकेर बसेका सरावगीलाई यस अनलाईनका सम्वदाताले सम्र्पक गर्न खोज्दा पत्रकारको नाम सुनेर भागेका थिए । यही बैशाख ३० गते हुने लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पार्टीको तर्फबाट मेयर पदमा चुनाव लडेका बिजय सरावगी मोटरसाईकलमा चढेर हातमा कालो ब्याग लिएर चौरसियाको घरमा छिरेको नगवाका भुषाल चौरसियाको भनाई रहेको छ । भोट खरीद गर्नका लागी रातीको बखतमा आएका सरावगीको भण्डाफोर भएपछि असफल भएका छन् । सता गठबन्धनका कार्यकर्ताहरुलाई नेकपा एमालेका नेता सरावगीले रकमको प्रलोभन दिई मत लिने प्रयास गरिरहेको यो घटनाले सार्वजनिक भएको छ । तीन घण्टा सम्म चौरसियाको घरमा थुनिएका सरावगीलाई वडा प्रहरी कार्यालय बिर्ता, वडा प्रहरी कार्यालय श्रीपुर , जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको टोली, सशस्त्र प्रहरी टोली लागयतका सुरक्षाकर्मीहरुले चौरसियाको घरमा लुकेका सरावगीलाई स्थानिय सञ्चारकर्मीबाट छल्नको लागी छिमेकी सुब्बा सुभनारायाण चौरसियाको घरको पर्खाल नाघेर प्रहरीले भ्यानमा राखेर सरावगीलाई राती १ बजेर ४० मिनेटमा सुरक्षित घरमा पुर्याएका थिए । प्रहरीको भ्यानमा बसेका सरावगीलाई रातो गम्छाले अनुहार छोपेर लग्दा पनि सञ्चारकर्मीहरुले सरावगीको भिडीयो लिन सफल भएका छन् ।
सरावगी सञ्चारकर्मीको सामु किन आएनन् त ?
नेकपा एमालेका नेता एवम् मेयर पदका उम्मेदवार बिजय सरावगीले सता गठबन्धन कांग्रेशका नेता बिनोद चौरसियाको घरमा भोट खरीद गर्न गएको स्पष्ट छ । सरावगीले निष्पक्ष र उनको नियत सही भएको भए पत्रकार र नगवाका स्थानिय वासिन्दालाई सांमना गर्नुपर्ने हो तर वहाँ ३ घण्टा एउटै घरमा थुनिएपनि बाहिर नआएपछि उनले चुनावको बेलामा रकम चलखेल गरेका स्पष्ट भएको छ ।
२
सरावगीको हातमा रहेको कालो ब्याग खोई त ?
बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने कांग्रेशका नेता बिनोद चौरसियाको घरमा छिर्नु भन्दा अगाडि बिजय सरावगीले कालो ब्याग लिएर पसेको नगवाका स्थानियहरुको आरोप रहेको छ । तर प्रहरीले सरावगीलाई तीन घण्टा पछि सुरक्षित घरमा पुगाउंदा ब्याग भने देखिएको छैन् ।
३
सरावगीको त्यो तीन घण्टा
तीन घण्टा सम्म एउटै घरमा थुनिएका सरावगीका समर्थक बीरगंज प्रगतीनगर निवासी सन्तोष साहलाई प्रहरीले बिनोद चौरसियाको घरको अगाडीबाट नियन्त्रणमा लिएको छ । सरावगी तीन घण्टा सम्म घर लुकेर बस्दा पर्सा प्रहरीले जनता सामु किन सार्वजनिक गरेन त ? सरावगी कुनै अपराधी ब्यतिm होईनन् वहाँलाई प्रहरीले मुख छोपेर अपराधी जस्तै लग्नुपर्ने अवस्था थिएन् । सुरक्षाको दुष्टिकोणले सरागीलाई सुरक्षा दिनु प्रहरीको कर्तब्य हो ।