हथियार सहित बारा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक राजेश थापाले भन्नु भयो, हथियार बोकी सर्वसाधारण नागरिकहरुलाई धाकधम्की दिदैं हिडीरहेको प्रहरीलाई जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक देवराज कापलेको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सिमा्रैनगढ नगरपालिका वडा नम्बर १ स्थित नम्सगराढाठ पोखरी नजिकै हथियार सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिमा्रैनगढ नगरपालिका वडा नम्बर १ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही स्थान बस्ने २५ वर्षीय गुड्डु मुखिया रहेको बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवतmा राजेश थापाले बताउनु भयो । पक्राउ परेका मुखियाद्धयको साथबाट कटुवा पेस्तोल एक थान बरामद भएको बारा प्रहरीले पुष्टि गरेको छ । हथियार सहित पक्राउ परेका ब्यतिmहरुको अपराधी गतिविधीमा आवद्ध रहेको वा नरहेको बारेमा अनुसन्धान भईरहेको डिएसपी राजेश थापाले बताएका छन् ।