वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिकाश मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले बिल बिजक भन्दा बढी लोड गरेको ट्रक नियन्त्रणमा लिई कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ । भन्सार छली अबैध तरिकाले लताकपडा तथा खुदा्र सामान मालवाहक ट्रकले लोड गरेको प्रहरी निरीक्षक मल्ललाई सुराकीले सुचना दिएपछि बीरगंज महानगरपालिका वडा नम्बर ६ लोहारपटी नजिकै ना ६ ख २३४४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढीको लताकपडा तथा खुदा्र सामानहरु बरामद भएपछि उतm ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नाउब उपरिक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । बरामद गरिएको ट्रक सहित लताकपडा र खुदा्र सामानहरुको प्रहरीले ६८लाख, ३१ हजार , ४ सय १९ रुपैया मुल्यांड्न गरेको छ ।