सर्वसाधारणहरुलाई ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपरमाईगाउँपालिका वडा नम्बर ३ घर भई हाल बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित डेरा बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेका छन् । प्रहरी हिरासतमा रहेका नवलकिशोर साहले फ्रि टिकट , फ्रि भिसामा वैदेशिक रोजगारमा पठाईदिने प्रलोभन दिई मेडिकल गर्ने भन्दै बिभिन्न ब्यतिmहरु सँग पश्चिस हजार देखी दुई लाख सम्मको रकम लिई ठग्ने धन्दा संचालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पका्रउ परेका साहले सर्वसाधारणहरुबाट ठगेको रकम आफनो नागरिता प्रयोग नगरी अरु ब्यतिmको नागरिताको प्रतिलिपी प्रयोग गरी क्ष्ःभ् मार्फत रकम झिकने गरेका थिए । साहले वैदेशिक रोजगारीमा नाममा ठगी धन्दा सुचारु गरेको पर्सा प्रहरीमा उजुरी परेपछि सोही उजुरीको आधारमा प्रहरीले नवलकिशोर डेरा बस्दै आएको घरमा छापामारी गर्दा तिनलाख नेपाली रुपैया , १ लाख ४८ हजार भारतीय रकम , बिभिन्न कागजातपत्रहरु र विभिन्न स्थानबाट क्ष्ःभ् मार्फत मगाइएको पैसा झिकेको क्ष्ःभ् अयलतचय िक्ष्म् ल्य।फेला परेका पर्साका प्हरी नाउब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । साहलाई पर्सा प्रहरीले ठगी मुद्धामा पक्राउ गरी पर्सँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी खनालको भनाई रहेको छ ।