लागु औषध गाँजा सहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरिएको पर्साका प्हरी उपरिक्षक रमेश बस्नेतले भन्नु भयो, नेपालमा प्रतिबन्धित रहेको गाँजाको कारोवार भईरहेको सुचना पाएपछि सादापोशाकमा खटिएको प्रदेश प्रहरी र पर्साको प्रहरीको संंयुतm टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २८ बगही गेट नजिकै रहेको भारतीय ग्एठण् द्यप् ढढछछ भारतीय नम्बरको कार चेकजांंच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध ९० किलो गाँजा सहित भारतीय नागरिक पक्राउ परेको बताउनु भयो । पक्राउ पर्नेमा भारत युपी जि मउ कमलसागर गोपालपुर निस्फी बस्ने ३० वर्षीय रबिकान्त भारती र बेतिया पश्चिम चम्पारण ढाकघर तेलुवा वडा नम्बर १० बस्ने सुनिल भारती रहेका छन् । पक्राउ परेका दुबै भारतीय नागरिक माथी लागु औषध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी उपरिक्षक बस्नेतले बताउनु भएको छ ।