भारी मात्रामा पर्सा प्रहरीले लागु औषध गाँजा सहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले ताउनु भयो । अबैध लागु गाँजाको ओसार पोसार कार्य भईरहेको प्रहरीलाई सुचना पाएको प्रहरी उपरिक्षक बस्नेतले भन्नु भयो, सुचना पाउन बितिकै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रजवल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले परवानीपुर सडकखण्ड नजिकै ग्एद्दज्ञब्ल् ढढछठ भारतीय नम्बर मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा चालक बस्ने क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा २७० किलो गाँजा सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको एसपी रमेश बस्नेतले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रकाउ पर्नेमाहरुमा भारत बिहार मोतिहारी गा्रम सेमरी वडा नम्बर ११ बस्ने २७ वर्षिय बिजेश कुमार यादब र सोही स्थान बस्ने ५० वर्षिय धर्मेन्द्र यादब रहेका छन् । प्रहरी हिरासतमा रहेका भारतीय नागरिकलाई लागु औषध मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थपलियाले बताउनु भएको छ । यसैगरी २४ घण्टा भित्र पर्सा प्रहरी ३६० किलो लागु औषध गाँजा सहित चार भारतीय नागरिकलाई पक्राउ गर्ने सफल भएको छ । सोमवार राती नेपालमा प्रतिबन्धित रहेको गाँजाको कारोवार भईरहेको सुचना पाएपछि सादापोशाकमा खटिएको प्रदेश प्रहरी र पर्साको प्रहरीको संंयुतm टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २८ बगही गेट नजिकै रहेको भारतीय ग्एठण् द्यप् ढढछछ भारतीय नम्बरको कार चेकजांंच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध ९० किलो गाँजा सहित भारतीय नागरिक पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत युपी जि मउ कमलसागर गोपालपुर निस्फी बस्ने ३० वर्षीय रबिकान्त भारती र बेतिया पश्चिम चम्पारण ढाकघर तेलुवा वडा नम्बर १० बस्ने सुनिल भारती रहेका छन् ।