काठमांडौ र हेटौडाका स्थानिय वासिन्दाहरुमा हैजाको संक्रमण फेला परेपछि बीरगंजमा पनि हैजाको संक्रमण देखापर्ने चिकित्सकहरुले बताएका छन् । काठमांडौ र हेटौडाबाट बीरगंज अवात वाजत गर्नेहरुको संख्या उच्च रहेको हुनाले हैजाको जोखीम बढ्को बीरगंजका चिकित्सकहरुको भनाई रहेको छ । पानी प्रदुषण भएपछि हैजाको जोखीम उच्च रहेको हुनाले वर्षायाममा बीरगंज नगर क्षेत्र डुबान परेको बेलामा पानी प्रदुषण हुदां हैजाको उच्च जोखीम रहेको चिकित्सकहरुले अनुमान गरेका छन् । समयमा नै सावधानी नअपनाए हैजाको शिकार जो पनि हुने सक्ने बताउदै हैजाबाट बच्नका लागी सफा पानी पिउन, शौचालयबाट आएपछि साबुन पानीले मिचि मिचि हात धुने र फलफुल सफा पानी पाखलेर खाऔ लगायत स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बीरगंजका चिकित्सकहरुको भनाई रहेको छ ।