मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरि थप अनुसन्धान थालिएको छ । भिमभेदी गाउँपालिका वडा नम्बर २ भैसे चेकपोष्ट नजिकै प्रहरीले छड्के चेकिंग गर्दा शंकाको आधारमा बा २९ प ३०४४ नम्बरको मोटरसाईकल रोकेर चेकजांच गर्दा ६ किलो गााजा सहित मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ४ झ्याङगे बस्ने २४ वर्षिय बिजय लामा भने मान बहादुर मोतmान रहेका छन् । पक्राउ परेका लामाले मोटरसाईकलको पछाडि सिट मुनी झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध गाँजा बरामद गरिएको मकवानपुर प्रहरीका नायब उपरिक्षक एवम् प्रवतmा टेक बहादुर कार्कीले बताउनु भयो । पक्राउ परेका लामालाई लागु औषध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताउनु भएको छ । लामाले प्रयोग गरेको मोटरसाईकल पनि प्रहरीको नियन्त्रणमा रहेको छ ।