बिभिन्न राजावादी समुहरुले ७६ औंं पुर्व राजा ज्ञानेन्द्र बिर बिक्रम शाहको जन्मोत्सव बिभिन्न कार्यक्रमको आयोजना बीरगंजमा गरी मनाएका छन् । देशभक्तm राज्य भक्तलेपुर्व राजा ज्ञानेन्द्र शाहको ७६ औं जन्मदिन मनाएको हो । जन्म दिनको अवसरमा राजसंस्थाका समर्थकहरुले देशको बर्तमान परस्थिती हेर्दा देश र जनतालाई राजाको खाचो भएको बताएका छन् । देश र रािष्ट्रयता जोगाउनका लागी राजा नै देशमा आउनु पर्ने कुरामा जोड दिएका छन् । देशभक्त राज्य भक्तका केन्द्रिय अध्यक्ष दिपेँन्द्र प्रसाद रौनिायारको अध्यक्षतमा मनाईएको जन्मदिनको अवसरमा उपाध्यक्ष राजकिशोर चौबे, पुर्व सभापति शम्भु चौरसिया ज्येष्ठ नागरिक नागरिक एवम् पशुपति बिक्रम शाह लगायतको सहभागिता रहेको थियो । यसैगरी ७६ औं पुर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा नेपाल बिद्धत परिष्दले बीरगंजको घण्टाघरमा दिप प्रज्जवन गरी गरी मनाएको छ । नेपाल बिद्धत परिषद पर्साका अध्यक्ष रामनारायाण साहको कानुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।