भोजपुरी फिल्ममा हिरोईन बनाइदिने प्रलोभन दिई १५ वर्षीया बालिकालाई भारतीय नागरिक संग बिक्री बितरण गरेको आरोपमा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा नम्बर २ बस्ने हाल बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बस्दै आएकी ४० वर्षीय चमेली देबी र २२ वर्षीय रोशन तिवारी रहेका छन् । पक्राउ परेका चमेली देबी र तिवारीले १५ वर्षीया नावालिकालाई भोजपुरी फिल्म हिरोईन बनाईदिने प्रलोभन दिई भारत बिहार राज्य पुर्वी चम्पारण झिटकैया गाँउमा लगी भारतीय नागरिकलाई ३० हजार रुपैयामा बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बीरगंजमा बस्दै आएकी १५ वर्षीय बालिका २०७८, १०, १२ गते देखी हराएको र २०७९, ३, २१ गते बिहारबाट भागेर आफनो परिवारजनको सम्र्पकमा आएपछि दलालहरुको हातबाट उम्किन सफल भएकी छिन् । प्रहरीमा १५ वर्षीय नावालिकाको आफन्तहरुले जाहेरी दिएपछि प्रहरीले सोघपुछ गर्ने क्रममा चमेली देबी र ‘रोशन तिवारी सँग बिगत एक वर्ष देखी चिनजान रहेको र आफुलाई हिरोईन बनाईदिने प्रलोभन दिई भारतीय नगारिक संग बेचेको प्रहरीमा बयान दिएपछि २०७९, ३, २३ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नगवाबाट चमेली देबी र रोशन तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक खनालले बताउनु भयो । भारतीय नागरिकले १५ वर्षीय बालिकलाई बिभिन्न कार्यक्रमहरुमा अश्लील नृत्य गर्न गराएको शारीरिक तथा मानसिक यातना दिई राखेको बताईन् । मानव बेचबिखन तथ ओसार पोसारमा चमेली देबी र रोशन तिवारीलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।